भारतिय टिभी सिरियलकी पार्वतीले रुँदै भनिन् सिरियल खेलेको, ७० लाख रुपैया पाएको छैन



‘देवों के देव महादेव’ मा आफ्नो अभिनयले सबैलाई प्रभावित गरेकी नायिका सोनारिका भदोरियाले अहिले एउटा चकित पार्ने खुलासा गरेकी छन् । उनले आफ्नो एउटा शो ले अहिलेसम्म पैसा नदिएको आरोप लगाएकि छिन् । सोनारिकाले दास्तान(ए(मोहब्बत सिरियलमा काम गरेकी थिइन् । त्यो समयलाई उनी आफ्नो करियरको सबैभन्दा खराब समय मान्छिन् ।

नायिकाले यो शोमा काम गरेबापत कुनै पारिश्रमिक नपाएको बताइन् । यो कुरा भएको ३ वर्ष भइसक्यो । सोनारिका बाहेक अरु कलाकारहरु पनि ऋणी छन् । कलर्सबाट प्रसारण हुने कार्यक्रम दास्तान–ए–मोहब्बतमा शाहीर शेख र सोनारिका भदोरिया मुख्य भूमिकामा थिए ।अभिनेत्रीले यो शोमा काम गरेको ३ वर्ष भइसक्यो तर पैसा नपाएको बताइन् । सोनारिकाले यो शोका लागि जम्मा ७० लाख रुपैयाँ पारिश्रमिक पाउनु पर्ने रहेको छ ।

यसबाहेक अन्य प्राविधिक तथा कलाकार पनि छन् जसको शुल्क शोले तिरेको छैन । सोनारिका भदोरियाको कुरा गर्दा सन् २०१५ मा उनले तेलुगु फिल्म जादूगाडुमा पार्वती नामकी महिलाको भूमिका निभाएकी थिइन् । यस बाहेक उनी तमिल फिल्मको पनि हिस्सा बनेकी छिन् । हिन्दी फिल्मको कुरा गर्दा उनी सन् २०१६ मा सन्सैन नामक फिल्ममा देखिएकी थिइन् । यो एक डरलाग्दो फिल्म थियो। उनका हालका कामहरूमा टिभी कार्यक्रम इश्क मे मरजावा समावेश छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्