वर्षौंपछि राखी सावन्तले रुँदै गरिन् यस्तो खुलासा



बलिउडमा ड्रामा क्वीन भनेर चिनिने राखी सावन्त प्रायः केही न केही गर्छिन्, जसका कारण उनी चर्चामा आउँछिन् । उनको यो हर्कतको जनता तथा दर्शकले समेत मन पराउने गरेका छन् । त्यस्तै कहिलेकाहीँ मानिसहरूले उनलाई ट्रोलिङको शिकार समेत बनाउने गरेका छन् । यसैबीच, हालै उनको एउटा खुलासा जनतामाझ आएको छ । यसबाट मानिसहरु अचम्ममा परेका छन् । राखीले आफ्नो बुवासँग जोडिएको खुलासा गरेकी छिन् । जसमा उनले आफ्नो बुवाले ‘खराब’ काम गरेको बताएकी छन् ।

उल्लेखनीय कुरा के छ भने राखी सावन्त बिग बोसको घरमा थिइन् । जहाँ उनले दर्शकलाई खुब मनोरञ्जन दिएकी थिईन् । बिग बोसले दिएको टास्क पनि पूरा गरेकी थिईन् । त्यहाँ एक समान कार्य थियो, जसमा आफ्नो बुवाको बारेमा खुलासा गरेकी थिईन् । वास्तवमा बिग बोसले पठाएको पत्र अनुसार शोका सबै प्रतियोगीहरूले आफ्नो गोप्य कुरा सबैका अगाडि बताउनुपर्ने थियो । जहाँ प्रतियोगीहरूले चिट उठाउनुपर्ने थियो। त्यसपछि दोस्रो प्रतियोगीको रहस्य खुल्नेछ।

जब करण यस एपिसोडमा अगाडि बढे, उनले राखीको स्लिप उठाए । उनले पढेकी राखीको बुवाले २ वटा बिबाह गरेका थिए ।अर्थात उनको २ पत्नीहरु थिए । जसलाई पढेपछि करणले राखीको बुवाले २ वटा बिबाह गरेको खुलासा गरेकि हुन् । राखीको जीवनको यो रहस्य खुलेपछि उनले आमासँग माफी मागेकी छिन् । यो कुरा आफुलाई पनि धेरै पछि थाहा भएको उनको बुवालाई हृदयघात भएपछि भएको उनी बताउँछिन् । यो कुरा सबैलाई सेयर गर्दा राखी निकै रिसाइन् ।

तर शोका बाँकी प्रतियोगी निशान्त भट्ट, उमर रियाज, अभिजित बिचुकले र रश्मी देसाई उनको छेउमा गएर हाँसेका थिए । यो देखेर ऊनि झनै दुःखी भएकी थिईन् । जसमा रश्मीले प्रतियोगी राखीलाई यो दुखद मामिलामा हाँस्न नहुने कुरा गर्छिन् र उनीसँग माफी मागेकी थिईन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्