सैफ अली खान बिश्वकै ठुलो दरबार मध्ये एक पटौदी दरबारका मालिक



फिल्महरु बाहेक बलिउड कलाकारहरु आफ्नो धनका लागि पनि चर्चित छन् । यी मध्ये पहिलो नाम सैफ अली खानको हो। सैफ अली खान एक अभिनेता मात्र नभई पटौदी रियासतका १० औं नवाब पनि हुन् । सैफ दिल्लीबाट केही टाढा रहेको गुरुग्रामस्थित पटौदी प्यालेसका मालिक हुन्। पटौदी प्यालेस भारतको सबैभन्दा विलासी घरहरू मध्ये एक हो। यो विलासी दरबारलाई इब्राहिम कोठी पनि भनिन्छ। पिताको मृत्युपछि सैफ अली खानले महललाई होटल चेनमा भाडामा दिएका थिए ।

तर सैफ अली खानले आफ्नै पैसाबाट आफ्ना पुर्खाको विरासत फिर्ता लिए। सैफ अली खान प्रायः आफ्नो परिवारसँग छुट्टी मनाउन त्यहाँ पुग्ने गर्छन्। सैफ अहिले पनि करिना र छोरा तैमुरसँग त्यहि बसिरहेका छन् । पटौदी दरबारको हरेक कुना हेर्न लायक छ। सैफ अली खानको यो भव्य दरबार १० एकडभन्दा बढी जमिनमा फैलिएको छ । करिब ८०० करोड मूल्यको पटौदी दरबारको विशेषता भनेको यसमा १५० भन्दा बढी कोठा, धेरै ठूला मैदान र ग्यारेज छन्।

सैफ अली खानले यसलाई पुनस् प्राप्त गरेपछि पुनर्निर्माण गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा यो दरबारको तस्बिर पनि सेयर गरेका छन् । जसमा धेरै सुत्ने कोठा, ड्राइंग रुम, स्विमिङ पुल र बिलियर्ड रुम देखिएका थिए । यति मात्र होइन यस घर भित्र एउटा चिहान पनि छ । यो दरबार संसारको सबैभन्दा ठूलो दरबार मध्ये एक हो। तीन मूर्ति डिजाइन गर्ने रोबर्ट टोर रसेलले यो पटौदी दरबारको डिजाइन गरेका हुन् ।

अहिलेसम्म यसको सुन्दर डिजाइन र इन्टेरियरलाई मानिसहरुले रुचाएका छन् । पटौदी दरबार यति भव्य छ कि बलिउडका निर्माताहरूले पनि यसमा सधैं नजर राख्छन्। पटौदी प्यालेसमा धेरै बलिउड फिल्मको छायांकन भएको छ । जसमा शाहरुख खान अभिनित ‘वीर जरा’, ‘मेरे ब्रदर की दुल्हन’, ‘गान्धी–माई फादर’ र ‘मंगल पाण्डे’ जस्ता फिल्म पनि समावेश छन् । यो दरबारलाई चलचित्रमा निकै सुन्दर ढंगले देखाइएको छ । बलिउडका हरेक निर्माता निर्देशकको सपना यो भव्य दरबारमा आफ्नो फिल्मको सुटिङ होस् भन्ने हुन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्