अनमोल केसीको ‘छड्के २’ लुक्स बाहिरियो



काठमाडौं :

भदौदेखि छायांकन सुरु ‘छड्के २’ का अभिनेता अनमोल केसीको लुक्स सार्वजनिक भएको छ । यो ग्याङस्टर फिल्मको अहिले भरतपुरमा कार्यशाला चलिरहेको छ । जारी तस्बिरहरूमा अनमोल कार्यशालामा अभिनय सिकिरहेको देख्न सकिन्छ । हल्का लामो खैरो कपाल र टोन बडीसहित अनमोल ह्यान्डसम देखिएका छन् । तस्बिरमा निर्देशक निगम श्रेष्ठलाई पनि देख्न सकिन्छ ।निगम श्रेष्ठको पटकथा र निर्देशन रहने फिल्ममा अनमोलसहित रबिन तामाङ र कमलमणी नेपाल फाइनल छन् । अनमोलले कार्यशालामा आफ्नो भिन्न चरित्रका लागि मिहेनत गरिरहेको निर्देशक श्रेष्ठले बताए ।

‘हामीले सोचेकोभन्दा बढी मिहेनत अनमोलले आफ्नो चरित्र चित्रणमा प्रस्तुत गरिरहेका छन्’ निगमले भने । निर्माता प्रशान्त गिरीले भदौ १ गतेदेखि फिल्म सुटिङको तयारी भएको बताए । मनाङ र चितवनमा ६० दिन फिल्म छायांकन गर्ने तालिका छ । सौर्य दैनिकमा खबर छ । ब्रान्ड भ्यालुलाई खस्कन नदिन कुनै सम्झौता नगरिने प्रशान्तले बताए । बाँकी कलाकारलाई चाँडै सार्वजनिक गर्ने समेत उनले जनाए । फिल्मलाई प्रशान्त र लक्ष्मण काफ्लेले मिलेर निर्माण गरेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्