१५ वर्षीया संगीता र कवितालाई महाकाली नदीले बगायो



बैतडी, २७ साउन:

महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका(८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

उनीहरू शुक्रबार दिउँसो महाकालीको मौरामा नुहाउन गएको बेला बेपत्ता भएका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरू दिउँसो २ बजेतिर बेपत्ता भएका हुन् ।बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्