भद्रपुर उडेको जहाज २-३ मिनेटमै पिङझैँ हल्लिन थालेपछि केही मानिस चिच्याएको आवाज आउन थालेपछि…..



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान झापाको लागि उडान भर्दै गरेको यती एयरलाइन्सको ९२७ पीएनआर ए४२क्युएलएच नम्बरको जहाजमा अचानक केही मानिस चिच्याएको आवाज आउन थाल्यो। विमान चालक दलका सदस्यसमेत सशंकित हुने त्यो आवाज विमानभित्रकै यात्रुहरूको थियो। उडेको करिब २-३ मिनेटमै जहाजमा गर्ल्याङ्ग आवाज आएका कारण आफूहरू अतालिएको एक यात्रुले बताए। ती यात्रुका अनुसार विमानमा आवाज आएसँगै जहाज पिङ खेलेजस्तो हल्लिएको थियो। कतिपय यात्रुलाई बान्तासमेत भएको थियो।

शनिबार करिब सवा ७ बजे झापाको भद्रपुरका लागि उडेको सो जहाज केही मिनेटमै पुन:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै अवतरण गराइएको थियो। यात्रुका अनुसार आवाजका बारेमा एयर होस्टेजहरूलाई पनि सोधिएको थियो। जवाफमा उनले मौसम खराबीका कारण यस्तो भएको जवाफ दिएकी थिइन्।यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने मौसम खराबीका कारण जहाज नउडाएको बताएका छन्।

यो पनि, पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक गएको छैन ।

यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबनबहादुर केसीले जानकारी दिए । कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेसा विषय अलि बढी अभाव रहेको उनले बताए । जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यसवर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन् । कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरूका अभिभावक आक्रोशित छन् । नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गरिरहेको बताएका छन् ।

जनक शिक्षाले पहिलो चरणमा दुर्गम एवं हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा मागअनुसार सबै पुस्तक पठाइएको छ । ‘ती जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पहिलो प्राथमिकतामा राखेर ढुवानी गरिएको हो,’ कार्यालय प्रमुख केसीले भने, ‘हुम्ला, सल्यान, रुकुम पश्चिममा नेपालगञ्जस्थित गोदामबाटै ढुवानीको व्यवस्था मिलाइएको थियो ।’

सुर्खेत, दैलेख र जाजरकोटमा वीरेन्द्रनगर गोदामबाटै बिक्री वितरण गरिने बताइएको छ । जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा चारदेखि १० सम्मका १४ लाख एक हजार ७८९ थानमध्ये १३ लाख २९ हजार १४१ बिक्री भइसकेका छन् भने ७१ हजार ६३८ थान मौज्दात छन् । गोदाममा मौज्दात पुस्तकमध्ये कतिपय सडेका, पानीले भिजेका र अधुरा सेट छन् । बिक्रेताले पूरै सेट पाएपछि मात्र खरिद गर्ने अडान लिएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशले पुस्तक ढुवानी पारदर्शी नभएको भन्दै गत बुधबार जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएका थियाे । जनक शिक्षाले समानुपातिक र न्यायिक हिसाबले पुस्तक बिक्री नगरेको महासंघको आरोप छ ।

सुर्खेतसहित दैलेख, जाजरकोटलगायतका जिल्लामा पाठ्यपुस्तकको निकै अभाव छ। भेरी नगरपालिका जाजरकोटमा रहेको विजया माध्यमिक विद्यालयमा पाठ्यपुस्तक अभाव छ। पर्याप्त पाठ्यपुस्तक उपलब्ध नहुँदा बालबालिकाको पढाइमा असर परेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक हर्कबहादुर खड्काले विद्यालयमा कक्षा ६, ७ र ८ का विद्यार्थीले पाठ्यपुस्तकको अभाव बढी झेलिरहेको बताए । समयमै पाठ्यपुस्तक नपाउँदा निरन्तर सिकाइमा असर परेको उनको भनाइ छ । कतिपय सामुदायिक विद्यालयमा पुस्तक अभाव रहेको भेरी नगरपालिका शिक्षा शाखाले जनाएको छ।

शिक्षा शाखाका प्रमुख अमृतबहादुर पुनले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढी भएकाले पनि पुस्तक अभाव भएको बताए । यस्तै दैलेखको दुल्लु नगरपालिकामा रहेको पञ्चकोसी माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन्। विद्यालयका प्रधानाध्यापक शिवराज खड्काले विद्यार्थीको हातमा पुस्तक नभएपछि गृहकार्य दिन समस्या भइरहेको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्