अखिल क्रान्तिकारीका दुईजना विद्यार्थी पक्राउ



कञ्चनपुर २० बैशाख । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि ६ दिनअघि कार्यालयमै दुव्र्यवहार गर्ने वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीका दुईजना विद्यार्थी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनसँग आबद्ध २० वर्षीय विष्णु थापा र १७ वर्षीय वीरेन्द्र विष्टलाई पक्राउ गरी कारबाही थालेको छ । उनीहरुले शिक्षा कार्यालय कञ्चनपुरमा विद्यार्थी सङ्गठन र जिल्ला शिक्षा अधिकारीबीच भइरहेको बैठकमा एक्कासी थापा र विष्टले जिशिअ धामीमाथि कालोमोसो दल्ने प्रयास गरेका थिए ।

घटनालगत्तै शिक्षा अधिकारीले दिएको उजुरीका आधारमा प्रहरीले थापालाई बाइसेबिचुवा गाविस र विष्टलाई भीमदत्तनगर क्षेत्रबाट पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता केदार खनालले जानकारी दिनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्