राष्ट्रपति भण्डारीले गठबन्धनलाई झड्का लाग्ने काम गरेर नागरिकता विधेयक फिर्ता पठाए लगत्तै पहिलो पटक बोले गगन थापा



काठमाडौं ३० साउन ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् ।

आज सोमबार आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको भन्दै यसमा आक्रोश हुुनुनपर्ने बताएका हुन् ।

‘कुनै विधेयकलाई फिर्ता पठाउन चाहनुभयो भने पठाउन पाउने व्यवस्था गरेकै हो संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नुपर्ने, असंवैधानिक भन्नुपर्ने मलाई लाग्दैन ।’ उनले भने ।

राष्ट्रपति भण्डारीले आइतबार १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपतिले दिएको सन्देश स्वीकार गर्ने वा विधेयक फेरि जस्ताको तस्तै पठाउने भन्ने संसदको विषय भएको बताएका महामन्त्री थापाले राष्ट्रपति भणडरीले पठाएको सन्देशको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्