जहाँ युवतीले बिहे गर्नुअघि आफु कुमारी भएको प्रमाण देखाउन सम्भोग गरेपछि…..



काठमाडौं :

“तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।” पहिलो पटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको र क्तस्रा व भएको थिएन।

उनले त्यसअघि आफूले कहिल्यै शा री रिक स म्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागे। इरानमा यस्तो घटना नौलो होइन। विवाहको कुरो छिनेपछि धेरै महिला चिकित्सककहाँ जान्छन् र एक किसिमको परीक्षण गराउँछन् जसले उनीहरूले कहिल्यै यौन सम्पर्क नराखेको प्रमाणित गर्छ।

इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकार विरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्।

यद्यपि डब्ल्यूएचओका अनुसार कुमारीत्व परीक्षणको कुनै वैज्ञानिक आधार छैन। मरियमको प्रमाणपत्रमा उनको हाइमन (कुमारी झिल्ली) “इलास्टिक” अर्थात् तन्किने प्रकृतिको भएको जनाइएको छ। त्यसको अर्थ मैथुन गर्दा उनको यौ ना ङ्गबाट र गत ननिस्किन पनि सक्छ।

“यसले मेरो आत्मसम्मानमा चोट पुर्‍यायो। मैले कुनै गल्ती गरेकी थिइनँ तर मेरा पतिले सधैँ मेरो अपमान गरिरहे,” उनले भनिन्। “मैले सहनै सकिनँ। त्यसैले केही औषधि खाएर मैले आत्महत्या गर्ने प्रयास गरेँ।” त्यतिबेला तत्काल अस्पताल पुर्‍याइएको कारण उनी बाँचिन्। “म ती पीडादायी दिनहरू कहिले पनि भुल्न सक्दिनँ। त्यतिबेला मेरो जीउ २० किलो घटेको थियो।”

कौमार्य जाँच अन्त्य हुनुपर्ने माग
मरियमको जस्तै कथा अरू इरानी महिलाहरूको पनि छ। विवाहअघि शारीरिक सम्बन्ध नराख्नु अझै पनि धेरै महिला र तिनको परिवारको निम्ति महत्त्वपूर्ण विषय हो। इरानको रूढिवादी समाजमा यो मान्यता बलियोसँग बसेको छ।

तर केही समययता परिवर्तन देखा पर्न थालेको छ। देशभरिका महिला तथा पुरुषहरूले कौमार्य जाँचविरुद्ध अभियान सञ्चालन गरिरहेका छन्। उक्त अभियानअन्तर्गत गत नोभेम्बरमा सञ्चालित एउटा अनलाइन याचिकामा एक महिनाभित्र २५,००० जनाले हस्ताक्षर गरेका थिए। त्यतिबेला इरानमा कुमारीत्व परीक्षणलाई पहिलो पटक धेरै मानिसले सार्वजनिक चुनौती दिएको थियो।

“त्यसो गर्नु गोपनीयता भङ्ग गर्नु हो र यो निकै अपमानजनक कार्य हो,” नेडाले भनिन्। उनले १७ वर्षको उमेरमा तेहरानमा पढ्दै गर्दा आफ्नो प्रेमीसँग शा रीरि क स म्पर्क राखेकी थिइन्। “म आत्तिएकी थिएँ। परिवारले थाहा पायो भने के होला भनेर डराएकी थिएँ।”त्यसैले नेडाले आफ्नो हाइमन फेरि मर्मत गर्ने निर्णय गरिन्। त्यसको उपचारविधि अवैधानिक हैन। तर यसको सामाजिक प्रभाव निकै डरलाग्दो हुने भएकाले कुनै अस्पताल पनि शल्यक्रिया गरेर हाइमन मिलाउने काम गर्न तयार हुँदैनन्।

नेडाले धेरै पैसा तिरेर त्यस्तो उपचार गरिदिने निजी क्लिनिकबारे थाहा पाइन्। “मैले आफूसँग भएको सबै पैसा खर्च गरेँ। ल्यापटप, फोन र सुनका गरगहना सबै बेचेँ,” उनले भनिन्। उपचारका क्रममा केही अप्रिय घटना भए त्यसको सबै जिम्मेवारी आफ्नो हुने सर्तमा नेडाले हस्ताक्षर गरिन् ।  त्यसपछि एक सुँडिनीले उपचारविधि थालिन्। त्यस कार्यको लागि करिब ४० मिनेट लाग्यो। तर नेडालाई पूरा निको हुन धेरै साता लाग्यो। “म निकै पीडामा थिएँ। म खुट्टा चलाउन सक्ने अवस्थामा पनि थिइनँ,” उनले भनिन्। उनले यो सबै कुरा परिवारबाट लुकाइन्।

“मलाई निकै एक्लो महसुस भयो। अरूले सबै कुरा थाहा पाउलान् भन्ने डरले गर्दा नै मैले त्यो पीडा लुकाउन सकेकी हुँला।” एक वर्षपछि उनले आफूलाई मन पराउने र बिहे गर्न चाहने पुरुष भेटिन्। उनीसँग शारीरिक सम्पर्क गर्दा नेडालाई रक्तस्राव भएन। नेडाले यसअघि भोगेको सबै दुःख व्यर्थ भयो। “मेरो प्रेमीले मलाई उससँग विवाह गर्नका निम्ति छल गरेको आरोप लगायो। ढाँटेको भन्दै उसले मलाई छोड्यो।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्