बञ्चरेडाँडामा फोहोरको गाडीलाई अवरोध गरेपछि हवाई फायरसहित अश्रुग्याँस प्रहार



काठमाडौं ३१ साउन । बञ्चरेडाँडामा प्रहरीले हवाइ फायर गरेको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको हो ।

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस
प्रहार गरेको थियो । त्यसपछि स्थानीयले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि प्रहरीले पनि ५ राउण्ड हवाईफायर गरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए ।

प्रहरीले अब पनि अवरोध गर्न नछोडेथप बल प्रयोग गर्ने भन्दै स्थानीय बासिन्दालाई चेतावनी समेत दिएको छ । प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेको छ ।

धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङले बताए अुसार प्रहरीले फोहोर फाल्न थप बल प्रयोग गर्ने भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्