निहारिका प्रकरणका आरोपित शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ



काठमाडौं :

निहारिका राजपुत बलात्कार आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले आज श्रेष्ठलाई पक्राउ गरेको बताइएको छ ।

धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको भन्दै अनसन बस्दै डिएनए परिक्षणको माग गरेपछि आज उनलाई पक्राउ गरिएको हो ।

काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी थिइन्।उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार श्रेष्ठलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्