नेतृ पार्वती डिसीले दिइन् काँग्रेस छाड्ने चेतावनी



रुपन्देही :

नेतृ पार्वती डिसी चौधरीले कांग्रेस छाड्ने घोषणा गरेकी छन् । नेपाली कांग्रेसले मङ्गलवार १० महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफू नपरेको भन्दै सी चौधरीले पार्टीसँगको साइनो तोड्ने घोषणा गरेकी हुन् ।

उनले मङ्गलवार साँझ सामाजिक सञ्जालमा असन्तुष्टि सहितको एक स्टाटस लेखेकी हुन् । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उ उनले लेखेकी छन् आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनीत हुँदा पार्वता डिसी चौधरी अट्न सकिन, त्यसको लागि धन्यवाद छ ।

छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु ।’ दाङबाट राजनीति गरेकी उनी देउवा समूहमै रहे पनि पछिल्लो समय इतर समूहसँग पनि नजिकमा रहेकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्