एउटै गीत गाए बापत मोटो रकम लिने समिक्षा अधिकारी तनाबबाट बाहिर निस्किइन, घुमघाम र काममा यसरी बन्दै छन् सकृय हेर्नुहोस तस्विरहरु



काठमाडौं –

गायिका समिक्षा अधिकारी सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छन् । पछिल्लो समय बेला बेला सामाजिक संजालमा स्टाटस लेखेर उनी पुनं सकृय हुन थालेकी हुन् । लामो समयसम्म मौन बसेकी उनले केही समय पहिले लेखेको एक स्टाटस पनि भााइरल बनेपछि पुन उक्त स्टाटस सच्याएकी थिइन् ।

केही दिन पहिले सामाजिक सञ्जालमार्फत घुमाउरो रुपमा आफ्ना भावना पोख्दै तिम्रोलागि मर्न पनि सक्छु मार्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी उनले आज सोमबार फेरी अर्को स्टटस लेखेकी छन् । हासिरहेको एउटा तस्विर सेयर गर्दै समिक्षाले लेखेकी छन् ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ तर हामी एकसाथ जिइरहेछौँ ।’

उनको यो यो स्टाटसमा सबैले प्रतिकृया दिइरहेका छन् । उनको यो पोस्टमा नकरात्मक भन्दा सकरात्मक प्रतिकृया धेरै आइरहेका छन् । पछिल्लो समय उनी गायनमा उस्तै व्यस्त हुन थालेकी छन् । उनले धेरै तीज गीतमा पनि स्वर दिइसकेकी छन् ।

त्यस्तै केही गीतमा त उनले आफै अभिनय समेत गरेकी छन् । चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चलाएकी उनी केही समय हराएपनि अहिले उत्तिकै सकृय छन् । उनले सामाजिक संजालमा तस्विरहरु सेयर गरिरहन्छिन्। हेनुृहोस उनका सुन्दर तस्विरहरु

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्