१ सय ८४ यात्रु बोकेर जापान उडेको विमान ठुलो दुर्घटनाबाट जोगियो




काठमाडौं :

जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । मंगलबार राति १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौं नै फर्काइएको हो।

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको विमान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल छाडेको आधा घण्टामै फर्काइएको हो। निगमका अधिकारीका अनुसार विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको संकेत ककपिटमा देखिएपछि चालक दलले जहाज काठमाडौं नै फर्काएका हुन्।

मर्मतपछि उक्त जहाज आज बुधबार बिहान ९ बजे यात्रु लिएर पुनः उड्ने बताइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्