सन्दीप प्रकरण : अन्तर्राष्ट्रिय आ,तंकवादी हो भने जसरी केही तत्व हातै धोएर लाग्या छन् भन्दै बोले प्रमोद



काठमाडौं ।

गम्भिर आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने प्रहरीको फरार सूचिमा रहेका बेला बहुचर्चित गायक प्रमोद खरेलले सन्दीपबारे आफ्नो धारणा राखेका छन् ।

सन्दीपमाथि अन्तर्राष्ट्रिय आ तंक वादीको जस्तो व्यवहार भइरहेको गुनासो गर्दै गायक खरेलले सामाजिक संजाल मार्फत आफ्नोृ धाणा पहिलो पल्ट राखेका हुन् ।

गायक खरेलले आफ्नो धारणा राख्दै सामाजिक संजालमा लेखेका छन् ‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् ।

कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।’

देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जानुपर्नेमा नेपालमा अनावश्यक हल्लाखल्ला गरेर सन्दीप प्रकरणलाई बबाल नगराउन र सुक्ष्म रुपमा अनुसन्धान गर्न उनले सुझाव दिएका छन् ।

यसअघि सन्दीप प्रकरणमा आक्रामक प्रतिक्रिया दिएर गायक शिव परिवार विबादमा तानिएयका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्