काठमाडौंमा ३० वर्षीय पुरूषको शव यस्तो अबस्थमा फेला, अनुसन्धानका लागी तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालन



काठमाडौं :

काठमाडौंको गैरीगाउँमा एक युवाको शव फेला परेको छ। आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा करिब ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

मैनालीका अनुसार मृतकको टाउकोमा चोट लागेको छ। शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो ।

अहिले अनुसन्धानमा केनाइन स्कुलबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको बताइएको छ । अहिले घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्