बालेनले टुकुचा मिच्ने ५८१ कित्ता घरमा एकैचोटी डोजर चलाउदै, ठुला माछाको भागाभाग !



काठमाडौं । चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको छ । टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

शहरी विकास मन्त्रालयको वाग्मती सभ्यताको लागि बनेको एकीकृत विकास उच्चस्तरीय समितिले तयार पारेको ८० पृष्ठ लामो प्रतिवेदनकै आधारमा काठमाडौं महानगरपालिकाले टुकुचा खोला करिडोर बनाउने अभियान सुरु गरेको छ ।

यसको लागि महानगरले पहिलो पाइला चालिसेको छ । जसअन्तर्गत बिहीवार जय नेपाल हलमा उत्खनन् भइसकेको छ । हेर्नुस –

यो पनि पढ्नुहोस टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै
काठमाडौं-

काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ। त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन्।

तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन्। यो समाचार नेपाल समाचार दैनिकमा छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्