अनलाइन ट्यालेन्ट शो २०२३ को घोषणा सभामा जे देखियो, हेर्नुहोस् फोटोफिचर



काठमाडौँ । विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअन माध्यमबाट छनौट गरि फाइनल गर्न लागिएको कार्यक्रम अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करणको घोषणा गरिएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरिएको प्रतिस्पर्धामा सहभागिले गायन, बाद्यबादन, नृत्य तथा कमेडी विधामा आफ्नो आयोजक हिमालयन म्यूजिक एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेरले जानकारी दिए । एकेडेमीका अध्यक्ष जमेरले विश्वभर छरिएर रहेका नेपालीहरुलाइर्ए भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकिकृत गर्न आँफुहरुले सानो पहल गरेको बताए ।

हाल विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली सन्ततीहरुलई समेत यस कार्यक्रमले नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उदेश्यसहित पहिलो संस्करण सुरु गरिएको अध्यक्ष गजमेरले ओएस नेपालसँगको कुराकानीका क्रममा बताए । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्धारा प्रशिक्षण गराई उत्कृष्ट पाँचको लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ ।

सो अवसरमा बोल्दै कलाका तथा नाट्यकर्मी कृष्ण मल्ल अमेरिकामा बसेर पनि पुष्पको यो आँट र साहास गज्जबको भएको भन्दै तारिफ गरे । उनले भने जति बाहिर बस्यो उती देशको, कला, संस्कृतिको माया लाग्ने रहेछ भन्ने कुराको उदाहरण पुष्प भएको बताए । प्रतिस्पर्धामा उत्कृष्ट हुनेले नगद पुरस्कार, छात्रवृत्ति तथा अन्य गिफ्ट ह्याम्परहरुको पनि ब्यबस्था गरिएको आयेजकले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्