कम्पनीले शौचालयभित्र सिसिटिभी क्यामरा जोडेपछि खल्लबल्ल



काठमाडौं । नियम विपरित कम्पनीले ट्वाइलेट भित्र सिसिटिभी क्यामेरा जडान गरेपछि खल्लबल्ल भउको छ । खबर हो चिनको । जहाँ एक कम्पनीले कर्मचारीले आफ्नो ‘टोयलेट ब्रेक’ मा के गर्छन् भनेर अनुसन्धान गर्न सिसिटिभी जडान गरेपछि अहिले यसको सबैतिर बिरोध भएको छ । कामका बेला शौचालय प्रयोग चीनमा लामो समयदेखि विवादास्पद विषय संसारभरका मिडियामा छाएको छ ।

विगतमा, शौचालयमा धेरै समय बिताएकोमा कर्मचारीको तलब कटौती गर्ने कम्पनीहरू, दिनमा एक पटकभन्दा बढी शौचालय प्रयोग गरेकोमा कामदारहरूलाई जरिवाना गर्ने कम्पनीहरू र शौचालयका बुथहरूमा टाइमर जडान गर्ने कम्पनीहरूको बारेमा पनि पढ्न पाइएको छ ।

तर फुइजान प्रान्तस्थित जियामेनको एउटा टेक्नोलोजी कम्पनीले जे गरेको छ, त्यो माथि दिइएका उदाहरणभन्दा पनि बढी विवादास्पद छ । उक्त कम्पनीले बाथरुम ब्रेकमा कुन कुन कर्मचारीले मोबाइल फोन चलाउँछन् भनेर निगरानी गर्न सिसिटिभी जोडेको थियो । अहिले शौचालय भित्र कर्मचारीले गर्ने गरेका हर्कतहरुका दृश्यहरु सोसल मिडियामा पछिल्लो समय निकै भाइरल भइरहेका छन् ।

लिथियम ब्याट्रीको उत्पादनमा विशेषज्ञता हासिल गर्ने सरकारी स्वामित्वको कम्पनी सियामेनमा रहेको चाइना एभिएसन लिथियम ब्याट्री टेक्नोलोजी कम्पनी लिमिटेडको बाथरूमको पृष्ठभूमिलाई चिन्न धेरैलाई लामो समय लागेन । फोटोमा देखाइएका तीनजना व्यक्तिमध्ये दुईजनालाई जागिरबाट निष्कासन गरिएको र तेस्रोलाई गम्भीर कारवाही गरिउको कम्पनीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्