कार सफा गर्ने नेपाली युवालाई यूएईमा पर्‍यो ३५ करोडको चिठ्ठा भन्छन् ‘चिठ्ठा परे पनि कार धुने काम छाड्दिन’



काठमाडौं ।

चिठ्ठामा तपाईले करोडौँ रुपैयाँ जितेको समाचार सुन्नु भएको छ ? त्यो पनि नेपालीले ? दुबईमा कार धुने जागिर खाँदै आएका ३१ वर्षीय भरत बिश्वकर्मा एउटै चिठ्ठाले करोडपति बनेका छन् ।

मासिक ४५ हजार रुपैयाँ तलव बुझ्दै आएका भरतले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेपछि उनको परिवारमा खुशीयाली छाएको छ ।

गल्फन्यूजका अनुसार
मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा भरतले दुई बर्षदेखि चिठ्ठा का,टिरहेका थिए । अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए । यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन । ‘म त निकै खुसी छु’ उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था भइसक्दा पनि भरत भने अझै आफुले खाईपाई आएको जागिर नछाड्ने बताउँछन् ।
लामो समयदेखि चिठ्ठा किनिरहेका उनको यसपालिको लक्की नम्बर १६, २७, ३१, ३७ र ४२ हुन्। उनले हरेक पटक चिठ्ठा किन्दा दुई वटा नम्बर कहिल्यै छुट्टाउँदैन थिए ।

किनकि, भरतले जितेका दुई नम्बरमध्ये २७ आफ्नो जन्मदिन र १६ आफ्नो विवाह गरेको दिन हो । ‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ,’ युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु ।’ मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्