भारतबाट आएको भोली पल्टै पतिले गरे पत्निको ह,त्या, छोरी र छोरालाई समेत लखेटेर खु,कुरी हा,ने



काठमडौँ ।

बुधबार मात्र भारतबाट फर्किएका ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरले पत्निको वि,भ,त्स ह,त्या गरेका छन् ।

खबर हो कैलालीको । गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुट,पि,ट गरेर ह,त्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीमतीमाथि ,कु,ट,पिट गरेर ह,त्या गरेको प्रहरीले जनाएको छ । तर, ह,त्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

शेरबहादुरकै धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चो,ट लागेको र घट,नाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो पनि पढ्नुहोस -गठबन्धनले गणतन्त्रमाथि हमाला गर्‍यो : शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन् ।

गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको आरोप लगाए ।

‘हाम्रा नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतिक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ,’ उनले भने, ‘हाम्रो चेलीहरुको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन । आफ्ना चेलीहरुको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरुसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’

विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउँदै उनले भने, ‘म पाँच दलीय गठबन्धनलाई सोध्न चहान्छु, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्