रामचन्द्र पौडेलले हटाए छोरी संज्ञाको नाम समानुपातिकको सूचीबाट



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाएका छन् । नेपाली कांग्रेसको समानुपातिकको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा, तथा पार्टीका शीर्ष नेताहरु र आफन्त परेको भनेर आलोचना भइरहेका बेलामा पौडेलले भने आफ्नी छोरी संज्ञाको नाम समानुपातिकको सूचीबाट हटाएका हुन् ।

संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो ।जेठमा घरको छतबाट चिप्लिएर लडेपछि लामो समय ट्रमा सेन्टरमा उपचार गराएर घरमा थेरापी गराएर आरम गरिरहेकी छन् ।

तर असोज ३ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सुचीको नाम बुझाउने बारेमा छलफल भइरहदा पौडेलले छोरी संज्ञाको नाम हटाएका हुन् ।पौडेलले गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले असहमति जनाउँदा जनाउँदै पनि छोरी संज्ञाको नाम हटाएको स्रोतले बताएको छ ।“1

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्