चर्चित फिल्म ‘कबड्डी’का अभिनेता बुद्धि तामाङले अनुसँग भोली विबाह गर्दै



काठमाडौं ।

‘कबड्डी’ फेम्ड अभिनेता बुद्धि तामाङले भोली विबाह गर्ने भएका छन् ।

बुद्धिले शुक्रबार मकवानपुरकी अनु थिङसँग परम्पराअनुसार विवाह गर्न लागेको स्रोतले जनाएको छ ।

सेतका अनुसार उनीहरुको विबाह भक्तपुर कौशलटारको एक पार्टी प्यालेसबाट हुनेछ ।

अभिनेता बुद्धि ले मकवानपुरकी अनुसँग परम्पराअनुसार विवाह गर्न लागेका हुन् । ३० वर्षीया अनुले स्नातकसम्मको अध्ययन गरेकी छिन् ।

फिल्म प्रमोसनका लागि नेपाल आइपुगिन् भुटानी अभिनेत्री उगेन छोदेन : भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् । उनी आफु अभिनित फिल्म ‘दुई नम्बरी’को प्रमोसनका लागि नेपाल आएकी हुन् । थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि सामाजिक संजाल मार्फत नेपाल आएको जानकारी गराएकीहुन् ।

थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उनले , ‘हेलो नेपाल, नयाँ खबर के छ रु’ भन्दै लेखेकी थिइन् । कोरोना महामारीले प्रभावित यो फिल्मको प्रदर्शन असोज २१ गतेदेखि सुरु हुँदैछ ।

उनी आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने निर्माताको तयारी छ । उगेनले दयाहाङ राईको अपोजिटमा अभिनय गरेकी छन् ।

फिल्ममा गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको निर्माण र ‘पोइ पर्‍यो काले’ फेम्ड किरण नेपालीको प्रस्तुति रहेको छ । फिल्ममा सौगात मल्ल र उपासनासिंहले पनि अभिनय गरेका छन् । मित्रताको कथा प्रस्तुत गर्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्