जब शालेन शाह आँफै डोजर लिएर फेरी बिर अस्पताल पुगे, अटेर ब्यापारीको भयो भागदौड



काठमाडौं ।

पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अनाधिकृत संरचना धमाधम हटाउने अभियानमा लागेका छन् । जसअन्र्तगत उनी बिहिबार वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन पुगेका छन् ।

काठमाडौं महानगरपालिकाका अनुसार आज अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाले यसअघि सूचना नै सूचना जारी गरेर सामान सुरक्षीत स्थानमा सार्न अपिल गरेको थियो । डोजर चलाउनु अघिसम्म सो क्षेत्रका टहराहरु अटेर गरेर हटाइएको थिएन । सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा छन् ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नायक फिल्मको शैलीमा अनाधिकृत संरचना हटाउने अभियानलाई तिब्रता दिएका छन् । अजसअन्र्तगत शुक्रबार काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

सडक सीमा मिचेर बनेका ठूला ठूला महल र पसलहरु समेत हटाउन महानगरपालिकाले डोजर चलाएपछि अवैध संरचना निर्माण गर्ने ब्यक्तिहरुको भागाभागको अवस्था सिर्जना भएको छ ।

यसअघि भूमिगत पार्किङ र पफुटपाथ व्यापार हटाएको महानगरले काठमाडौँका अन्य स्थानका अनाधिकृत संरचनालाई हटाउने अभियानलाई निरन्तरता दिने बताएादै आएको छ ।

महनागरले बिहिबार जय नेपाल हलको पर्खाल खनेर टुकुचा खोलालाई समेत पत्ता लगाइसकेको अवस्था छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्