अपडेट : मकवानपुरको भीमफेदी र्दुटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो



हेटौंडा ।

मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

मकवानपुर प्रहरीका अनुसार भीमफेदी गाउँपालिका जुरिखेतमा काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट अनियन्त्रित भई बस पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

अहिले उद्धारको काम चलिरहेको र प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिकँदा यो विभत्स अवस्था आएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्