रुकुम दुर्घटनाका घाइतेको उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन



काठमाडौं :

रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित क्याङसीमा भएको दुर्घटनाका घाइतेलाई उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा सेनाको हेलिकप्टर परिचालन गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी गराएका छन ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पठाइएको सह–सचिव पोखरेलले जानकारी दिए । काठमाडौंबाट रूकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–३ स्थित क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ घाइते छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्