बालेनले चुनाव जितेपछि लौरोको माग बढेका बेला आयोगले भन्यो ‘लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार नगर्नु’



काठमाडौँ ।

जब काठमाडौँको मेयरका लागि बालेन शााहले उम्मेद्धवारी दिए उनको चुनाव चिन्ह लौरो चर्चामा आयो । त्यस्तै हर्क साम्पागंको पनि चुनाव चिन्ह्न लौरो नै भएपछि अहिले लौरोलाई चुनाव चिन्हका रुपमा लिन खोज्नेहरुको संख्या बढेको छ ।

यसैबिच लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न आयोगले निदेृशन दिएपछि लौरोको पछि लाग्नेहरुलाई धक्का पुगेको छ । शुक्रबार आयोगले एक पत्र सार्वजनिक गर्दै भनेको छ ।

‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रमक कुराहरु प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ ।

यसैबिच कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण समेत सोधेको छ । आयोगले के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो रु भनेर प्रश्न समेत गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्