साढे दुई वर्ष कैद सजाय पाएर कैद भुक्तान गरिरहेका पल शाहलाई लाग्यो अर्को कडा झड्का



काठमाडौं ।

नायक पल शाहविरुद्धको मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

नवलपुर जिल्ला अदालतले शुक्रबार अभिनेता शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै स्टारडमको महत्वबारे पनि प्रकाश पारेको छ ।

गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पिडित माथि बालिकालाई ब ला त्कार गरकेो मुद्दामा पललाई सफाइ दिएपनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो ।

त्यस्तै अभिनेता पललाई पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत दौ २१ गतेको आदेशमा भनिएको थियो ।

शुक्रबार आएको पूर्णपाठमा आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने कुरामा जोड दिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्