शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण, कस्तो छ अबस्था ?



काठमाडौं, ७ असोज:

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए पनि उनलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेंगु संक्रमण पुष्टि भएको हो । अहिले उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

जोशीलाई विभिन्न विभाग ९मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी० का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्