चौरासी लगाउने बेलामा यी बृद्ध आमाले जन्माएका जुम्ल्यहा सन्तानमध्ये वर्षातको मृत्यु



काठमाडौँ:

७० वर्षको बृद्धाअवस्थाको उमेरमा सन्तान जन्माउन सम्भव होला रु अनेकौँ चुनौतीलाई चिर्दै ओमकारी सिंह नामकी बृद्ध महिलाले जुम्ल्याहा सन्तानलाई जन्मदिएकी छिन् । ७० वर्षको बृद्ध अवस्थामा जुम्ल्यहा बच्चा जन्माउने ओमकारी सिंह पाको उमेरमा बच्चा जन्माउने सायद विश्वकी एकमात्र महिला हुन् ।

बृद्धा अवस्थामा पनि खुशी हुँदै दुई छोरालाई जन्म दिएकी यी हजुरआमाले आफ्ना दूई छोराको नाम आकाशवाणी र वर्षात राखिन् । तर उनले नाम राखेको केही क्षणमा नै एउटा छोराको मृत्यु भयो । त्यसपछि उनको कोखमा एकमात्र छोरा बाँकी रह्यो, आकाशवाणी ।

बुढेशकालमा जन्मिएको त्यो छोरा ओमकारी र उनका पति चरणको सर्वस्व बनेका छन् अहिले । ओमकारीको उमेर अहिले ७६ वर्षको पुगेको छ भने पति चरणमा ८९ वर्षका छन् । बुढ्यौली बढ्दै जाँदा बालक छोराको स्याहार गर्न ओमकारीलाई अप्ठेरो हुन थाल्यो । बुवा चरणले त छोरालाई उचाल्न पनि नसक्ने अवस्थामा पुगेका छन् अहिले ।

ओमकारी र चरणले उमेरमै एक छोरी जन्माएका थिए । छोरी जन्माएपछि अर्को सन्तान जन्माउन ठूलै कोसिस गरे तर बच्चा नबस्दा उनीहरुले छोरो पाउने आशामा ७० वर्षको उमेरसम्म प्रतिक्षा गर्नुपर्यो । यो जोडीले बृद्धाअवस्थामा टेष्टट्युब विधिबाट बच्चा राखेका हुन् र छोराको चाहना पूरा गरेका हुन् ।

उनीहरुकी छोरी कमलाको उमेर ५० वर्ष पुगिसकेको छ । ८९ वर्षका चरण आफ्नो छोराको बिहे गरेर मात्र स्वर्ग जान चाहन्छन् । यो बृद्ध जोडीका छोरा अहिले ६ वर्ष पुगेका छन् । यो जोडीले छोराले बुहारी ल्याएको देख्न के गर्लान रु यो कुरा भगवान् भरोसा बन्न पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्