करिना कपुरले आफ्नी आमासँग गरेको दुर्व्यवहार सहन सकिनन्



प्रायः हरेक फिल्मको सेटबाट स्टारहरू बीचको दरारको खबर आउँछ, कहिलेकाहीँ यो मनमुटाव यतिसम्म बढ्छ कि स्टारहरूले आपसमा काम नगर्ने कसम समेत खान्छन् । बबी देओल र करीना कपुरबीच पनि यस्तै भएको थियो । तर, बबीको करिना कपूरसँग कहिल्यै सीधा विवाद भएको थिएन । हो, सन् २००१ मा बबी र करिनाको फिल्म अजनबीको सेटमा यस्तो भयो कि दुबैले फेरि काम गरेनन् ।

वास्तवमा अजनबीको सेटमा कस्ट्युम डिजाइनर बबीकी श्रीमती तान्या थिइन् । करीना र तान्या एकै ठाउँमा बसेर सुनेको कुराले आखीरमा बिबाद झिकिदियो । वास्तवमा यी दुईबीचको सम्बन्ध विच्छेदको खबरलाई करिना कपुरले एक अन्तर्वार्तामा पुष्टि गरेकी हुन् । यो फिल्ममा करिना र बबी बाहेक अक्षय कुमार र बिपाशा बसु पनि मुख्य भूमिकामा देखिएका थिए ।

त्यही क्रममा बबीकी पत्नी तान्या देओल फिल्ममा कस्ट्युम डिजाइनिङको काम हेर्दै थिइन् ।बिपाशाको सौन्दर्यमा सुन्दरता थप्नका लागि तान्या प्रायः सेटमा उपस्थित हुने गरकि थिईन् । तर यस क्रममा स्टार अभिनेत्री करीना र तान्या देओलबीच खटपट सुरु भएको थियो । किन भन्दा खेरी करिनाको बारेमा उनकी सेटमा सधै उपस्थित हुने गरेकी आमा बबितालाई तान्याले भरपुर पोल सुनाएकी थिइन् ।

करिनाको आमा बबितासँग तान्याको गुनासो थियो कि करिना सधैं बबीलाई नराम्रो बोल्ने गर्दथिन्, साथै बबीले यस्तो कुरालाई खासै महत्व नदिने गरेका थिए । आफ्नो श्रीमान् लाई नराम्रो भन्ने गरेको भन्दै रिसाएकी तान्याले बबिता कपूरलाई धेरै कुरा सुनाईन् । आमासँग तान्या देओलले गरेको त्यो व्यवहार करिनालाई पटक्कै मन परेन र दुवैबीच निकै बहस पनि भएको थियो ।

अन्तर्वार्तामा करिनाले पनि बबीसँग आफूलाई कुनै समस्या नभएको तर आफ्नी आमासँग राम्ररी कुरा नगरेको कारण तान्यासँग समस्या भएको स्वीकार गरेकि थिईन् । यही कारण बबी र करीना कपुरले त्यसपछि कहिल्यै पनि बोलेनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्