विश्वभरबाट दुई दिनमा गर्यो १४ करोड बढी कमाइ गर्यो ‘प्रेमगीत ३’ले



काठमाडौं :

‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ कमाइ गरेको छ ।नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ कमाउन सफल भएको हो ।

त्यसै गरी भारतमा फिल्मको हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।

ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमायो । दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । फिल्मलाई स्वर्गिय छेतेन गुरुगले निर्देशन गरेका हुन् ।

फिल्म नेपाली र हिन्दी दुबै भाषामा मा आज बाट प्रदर्शनमा आएकोे हो ।फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतको अभिनय रहेको छ ।

‘प्रेमगीत ३’ क्रिस्टिना र मनिषको डेब्यू फिल्म हो । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्