मञ्जुका कारण विबादमा तानिए गृहमन्त्री बालकृष्ण खाँड



काठमाडौा ।

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले आफ्नी पत्निलार्य समानुपातिक सूचीको प्राथमिकतामा राखेपछि काँग्रेसमा खैलाबैला सुरु भएको छ ।

लामो समयदेखि दउवा क्याम्पमा रहेका नेता खाँडले गठबन्धनमा आफूलाई सुरक्षित गर्दै श्रीमतीलाई समानुपातिक सूचीको प्राथमिकतामा राखेपछि पार्टी पंक्तिमै उनी चर्को आलोचित बन्न पुगेका छन् ।

पछिल्ला दिनमा सबैले टिकट पाउन असम्भव रहेको भन्दै धैर्य गरेर पालो पर्खन कार्यकर्तालाई थामथुम पारेर गृहजिल्लाबाट फर्किएकै दिन खाँडले आफ्नी पत्नि मञ्जु खाणको नाम प्रधानमन्त्रीपत्नी डा। आरजु राणासँगै प्राथमिकताका साथ समेटिएको लिष्ट नै बाहिरिएपछि खाँडलाई सहयोग गर्दै आएका काँग्रेसी नेता र कार्यकर्ताहरु रुष्ट देखिएका छन् ।

काँग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालमा उनकै कार्यकर्ताले यो नाम नसच्चाए रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन जिताउन नसक्ने चेतावनी दिन थालेका छन् । नेता खाँडलाई लेखक रामेश्वरी पन्तले ब्यग्य गर्दै लेखेकी छिन् ‘चिची मेरो हातमा, तिमी बन बुद्ध ।’

लेखक पन्तले नेता खाँडले टिकट नपाए बुद्धजस्तै शान्ति बन्न सिक्न कांग्रेस नेताहरूलाई दिएको निर्देशन सम्mिभँदै सोही अभिव्यक्तिप्रति कडा शब्दमा ब्यग्य गरेकी हुन् ।

खाँड आँफु २०७४ सालमा समानुपातिक सुचिमा अटाएका नेता हुन् । त्यस्तै ‘हो त्याग चाहिन्छ, नेपालमा समानुपातिक विधि श्रीमती राख्न बनाइएको हो, त्यसैले त्याग चाहिन्छ ।’भन्दै घनश्याम पौडेलले गृहमन्त्री खाँडलाई कडा शब्दमा ब्यग्य गरेका छन् । पौडेल नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति सदस्य समेत हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्