झमझम पानिपरिरहेको समयमा प्रचण्ड सरे चुटुक्कको यो एकतले घरमा



चितवन ।

सोमबार प्रचण्ड भरतपुर १४ मा बनेको घरमा बसाई सरेका छन् ।

यसअघि भरतपुर महानगरपालिका९ १० मा रहेको छोरी रेनु दाहालको सरकारी निवासमा कहिलेकाहीँ चितवन जाँदा बस्ने गरेका प्रचण्ड अब भने आफ्नै निजी निवासमा बस्ने भएका छन् ।

प्रचण्ड बिरामी श्रीमती सीतालाई लिएर शनिबार चितवन गए र सोमबार छोरी रेनु र गंगासहित शिवनगरको नयाँ घरमा सरेका छन् ।

एकतले घर करीव १० कठ्ठा जग्गामा बनेको छ । सोमबार भरतपुरमा झमझम पानी परिरहेका बेला प्रचण्डले सामान सारे । जुन घर प्रचण्डको पैत्रिक सम्पत्तिमा बनेको बताइएको छ ।

प्रचण्डले मूलघर नजिकै सुरक्षाकर्मी र अन्य सहयोगी बस्नका लागि केही कोठा निकालेर टिनको छाना भएका अस्थायी संरचना पनि बनाएका छन् । प्रचण्ड एकतले घर करीव १० कठ्ठा जग्गामा बनाएका हुन् । यो घर उनको पुख्र्यौली सम्पत्तिमा बनेको बताइएको छ ।

काठमाडौंमा विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेकामा आलोचना खेपेका प्रचण्ड अब चितवन जाँदा यही घरमा बस्नेछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्