दुला परेको पहिरन लगाएर सडकमा निस्केपछि हासोको पात्र बनिन् उर्फी जाबेद




फेसनकी एक डिवा उर्फि जावेदले कपडाको अनौठो स्टाइल स्टेटमेन्टमा सबैलाई पछाडि छोडेकी छिन् । उर्फीले लगाउने पहिरन आफैंमा यति अनौठो छ कि हेर्नेहरु हेरेका हेरै हुन्छन् । अब फेरि एक पटक उर्फीले यस्तो पहिरन लगाएकी छिन्, जसको चर्चा जताततै छ र उनी फेरि ट्रोलरको निशानामा परेकी छिन् ।

जे होस् , उर्फीको निर्दोष शैलीको जति तारिफ गरियोस्, कमै छ । हरेक पटक ट्रोल भएपनि उनी एकभन्दा बढी बोल्ड ड्रेसमा देखिएकी छिन् । अब फेरि एकपटक उर्फीले आफ्नो नयाँ पहिरनबाट सबैको ध्यान तान्दै छिन् । हालै उर्फी लंच डेटमा देखिएकी थिइन् । यस क्रममा कालो रंगको अतरंगी स्टाइलमा कटआउट थाइ–हाई स्लिट ड्रेस लगाएर उर्फीले सबैलाई आकर्षित गरेकी छिन् ।

उर्फीले आफ्नो एक्स्ट्रारेंगी कट आउट ड्रेसलाई ओभरसाइज ब्लेजरसँग जोडेर उक्त ड्रेस बनाएकी थिईन् । उर्फीलाई देख्ने बित्तिकै फोटो पत्रकारहरुले उनलाई आफ्नो क्यामेरामा कैद गर्न थाले र सधैं जस्तै, सोशल मिडिया प्लेटफर्ममा उर्फीको भिडियो एकदमै भाइरल बनेको छ । भिडियोमा देख्न सक्नुहुन्छ उर्फीले क्यामेरामा विभिन्न स्टाइलमा पोज दिइरहेको ।

यहि पहिरनका कारण मानिसहरूले उनलाई ट्रोल गर्न सुरु गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– गरिबसँग कपडा र काम दुवै हुँदैन । उर्फीलाई ट्रोल गर्दै अर्का प्रयोगकर्ताले भिडियोको कमेन्ट सेक्शनमा लेखेका छन्– उनको घरमा मुसा छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्