आफ्नो तस्बिर  बिगारेर पोष्ट गर्नेलाई ‘बिग बोस १४’ कि बिजेता रुबिनाले दिइन कडा दनक



बिग बोस १४ की विजेता रुबिना दिलाइक आफ्नो बोस लेडी एटिट्यूडका लागि परिचित रहेकी छिन्। उनको बोल्ड र बोल्डपनलाई फ्यानले मन पराउने गरेका छन् । उनै अभिनेत्रीले सामाजिक सञ्जालमा प्रयोगकर्तालाई राम्रो संग क्लास लगाएकी छिन् । जसले उनको तस्बिरमा छेडछाड गरेर उनको लुक्स बिगार्न खोजेको थियो उसलाई राम्रै संग पन्च मारेकी छिन्।

रुबिनाले आफ्नो इन्स्टा स्टोरीमा प्रयोगकर्ताको यो कार्य सेयर गरेकी छिन् । अभिनेत्री मिस सिमला बनेपछि प्रयोगकर्ताले रुबिना दिलाइकको पुरानो सौन्दर्य प्रतियोगिताको तस्बिरसँग छेडछाड गरेका थिए । ति प्रयोगकर्ताले तस्बिरलाई दुई कोलाजमा बनाएका छन् । पहिलो तस्बिरमा रुबिनाको सौन्दर्य प्रतियोगिताको तस्विर र दोस्रो तस्बिरमा उनको हालैको तस्विर राखिएको छ ।

प्रयोगकर्ताको क्लास अप्लाई गर्ने क्रममा अभिनेत्रीले पोस्टमा लेखेकी छिन्– ‘म मेरो बायाँ साइडको फोटो सम्पादन गर्ने प्रतिभालाई भेट्न चाहन्छु । म उसलाई सोध्न चाहन्छु कि उसले आफ्नो जीवनमा कति पटक नराम्रोसँग पिटाई खाएको छ । रुबिना दिलाइकले जसरी आफ्नो पक्षमा अडान लिएर खुलेर आफ्नो विचार व्यक्त गर्छिन् त्यसलाई नै फ्यानले औधी मन पराउँने गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्