दशैँको मौका छोपि काठमाडौंमा सालकको खपेटा बोकेर हिड्ने दुई जना समातिए



काठमाडौं, १३ असोज:

प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका(४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका(४ का २८ वर्षीय रत्नबहादुर मगर रहेका छन् ।

गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्