बलिउडकी चुलबुले नायिका कियाराले किनिन् यति महंगो कार, मुल्य सुन्दा पर्नुहुनेछ चकित



बलिउड अभिनेत्री कियारा आडवाणीको व्यावसायिक जीवन सफलताको उचाइमा रहेको छ । यससँगै कियाराको व्यक्तिगत जीवन पनि प्रगतिको बाटोमा रहेको छ । नाम र दाम दुबै उनले कमाई रहेकी छिन् । अहिले आएर यी नायिकाले आफ्नो कार संग्रहमा अर्को नयाँ कार थपेकी छिन् । कियाराले अडीको ब्डी लक्जरी सेडान कार किनेकी छिन् । कम्पनीले कियाराको तस्बिर सेयर गर्दै यसको बारेमा जानकारी दिएको छ ।

जसमा अभिनेत्री उनको ब्राण्ड नयाँ अडीसँग देख्न सकिन्छ । यो लक्जरी अडी एडिसनको मूल्य १ करोड ५८ लाख भारतीय रुपैयाँ रहेको छ । अडीको यो संस्करण भारतीय बजारमा गत वर्ष २०२० मा लन्च गरिएको थियो। यसको प्रारम्भिक मूल्य १ करोड ५६ लाख रहेको थियो । कियाराले यो नयाँ अडिको कार १ लाख ५८ करोड भारुमा खरीद गरेकी हुन् ।

कार कम्पनीले तस्बिरहरू ट्वीट गर्दै लेखेको छ–विकास र रचनात्मकता सँग सँगै जान्छ । हामी कियारा आडवाणीलाई अडिको अनुभवमा स्वागत गर्दछौं। कियाराको यो तेस्रो महँगो कार हो । उनको लक्जरी कार संग्रहमा बिएमडब्लु एक्स ५ र मर्सिडिज बेन्ज ई क्लास तथा बिएमडब्लु ५३० डि रहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्