प्रेमीका मेलीनासँग विबाह गरे लोकप्रिय गायक कमल खत्रीले, विबाह समारोहमा मुसुमुसु हाँसिरहेका तस्विर भाइरल



काठमाडौं, १६ असोज : गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् ।

्आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने : बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अली फजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् । अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।

दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय लिएका हुन् । उनीहरु आफ्नो विवाहमा पाहुनाले चित्त बुझुञ्जेल तस्वीर खिचुन् भन्ने चाहन्छन् ।

उनीहरुको प्रि वेडिङ सेरेमोनी नयाँदिल्लीमा हुँदैछ । नयाँदिल्लीको १ सय १० वर्ष पुरानो क्लबमा उनीहरुको विवाहको तीन दिनको कार्यक्रम हुनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्