यिनै हुन् कांग्रेस नेताका छोरा जसलाई लाग्यो यौ न दु र्व्यवहारको आरोप



दाङ ।

कांग्रेस दाङका नेता, घोराहीका एक जना वडा अध्यक्षका छोरामाथि आफ्नो घरमा काम गर्न राखेकी नाबालिगमाथि कर णी प्रयास गरेको आरोप लागेको छ ।

घोराही १३ का वडा अध्यक्ष डुल्लु पोखरेलका छोरा ऋषि पोखरेलमाथि घरमा काम गर्न बसेकी १४ वर्षीया नाबालिगमाथि यौ नजन्य दु र्व्य वहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले नाबालिगमाथि कर णीको प्रयास गर्ने उद्देश्यले यौ न जन्य दु र्व्यव हार गरेको प्रहरीमा उजुरी आएको बताए । पोखरेल नेविसंघ दाङका नेता हुन ।

पोखरेललाई प्रहरीले पक्राउ गरेको छैन । एसपी ओलीले घटना अनुसन्धानका क्रममा रहेको बताए । तर, पोखरेललाई बचाउन जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतम लागेको र जाहेरी दर्ता गर्न आलटाल गरेको पीडित परिवार र जिल्ला प्रहरी कार्यालय दाङका एक जना प्रहरी अधिकृतले बताए ।

प्रहरीले जाहेरी दिनका लागि नाबालिग बालिका, उनको आमाबुवालाई प्रहरीले बोलाए पनि पीडकलाई नियन्त्रणमा नलिई बाहिर राखेर बचाउन खोजेको दाङ प्रहरीमाथि आरोप लागेको छ । यसअघि मुद्दा फाँटमा लामो समय बसेको र धेरैसँग चिनजान भएकाले डिएसपी गौतम, एसपी ओलीमाथि मुद्दा दर्ता नगर्न कांग्रेस नेताहरूको ठुलो दबाब छ ।

मुद्दा दर्ता नगर्नका लागि दबाब दिन कांग्रेसका जिल्ला, क्षेत्र, नगरका नेताहरू जिल्ला प्रहरी कार्यालय दाङ पुगेका छन् । प्रहरीलाई पहुँचवाला र राजनीतिक नेता भएकाले आर्थिक चलखेल गरेर घटना गुपचुपमा मिलाउन लागेको आरोप लागेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्