शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा किन आउन सकेन सुधार ?



काठमाडौं ।

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । अस्पतालका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छैन ।

१०३ वर्षका उनको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । जोशीलाई निमोनिया र पिसाबको संक्रमण, मुटुमा समेत समस्या देखिएको छ ।

छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिरहेको छ ।

यसअघि उनलार्य डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिइएको अस्पतालले जनाएको छ ।

के जी-बब सुध्रिएका हुन् ? पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुने : केही समय अघि मात्रै बाबु आमासँग बस्दिन भन्दै विबादमा तानिएका र्‍यापर जी-बबको परिवार र अल नेपाल थग फेमिली ९एएनटीएफ०बीच सम्झौता भएको छ ।

यसअघि परिवारसँग नबसी एएनटीएफसँगै बस्ने इच्छा देखाएका र्‍यापर जी-बब अबदेखि कन्सर्टमा जाँदा परिवारका सदस्य उपस्थित हुने विषयमा सम्झौता भएको हो ।

यो सम्झौता हाकिम गुरुङको रोहवरमा एएनटीएफका प्रतिनिधि र जी-बबका आमाबुवाबीच बिहीबार राति लिखित सहमति भएको हो । यो सहमतिसँगै जी(बब पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुने परिवारले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार नेपालमा हुने प्रत्येक कन्सर्टमा जी-बबको घरका एकजना सदस्य अनिवार्य उपस्थित हुने बताइएको छ ।

नयाँ सम्झौता अनुसार जी-बबको एउटा कन्सर्टबाट प्राप्त हुने रकममध्ये ७० प्रतिशत हिस्सा परिवारले प्राप्त गर्नेछ भने बाँकी ३० प्रतिशत एएनटीएफले प्राप्त गर्नेछ ।

उक्त रकम सिधै जी(बबका आमाबुवाको खातामा पठाइने सम्झौतामा उल्लेख छ । जी(बबको मिलेन तेरो लेबल बाउ बोला ए निकै चर्चित गीत हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्