आफ्नो शरीरलाई मर्नु अघि नै दान गरेका सत्यमोहनको छोराले पूरा गरिदिए इच्छा, शवको सट्टा चिनाको गरियो दाहसंस्कार



काठमाडौ । शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ। जोशीले स्वर्गबास हुनु अगावै आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा गरेसँगै उनकै इच्छा अनुसार उनको शरीर किष्ट मेडिकल कलेजलाई दान गरिएको हो ।

जोशिको शंखमुलस्थित बागमती घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो। उनका छोराद्वय अनुराज जोशी र डा। पूर्णराज जोशीले जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन्। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएसँगै उनको इच्छाअनुसार, आज परिवारजनले पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरेका थिए। किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।

पछिल्लो समय उनलाई निमोनिया मुटुमा समस्या र खासगरी डेंगु संक्रमणले निकै कमजोर बनाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए। देउवा लगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारण पनि ललितपुर महागनर कार्यालय परिसर पुगेका थिए। उनको साँझ ६ बजेर १४ मिनेटमा जोशीका दुवै छोराले उनको जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्