यी भारतीय कलाकारकी पत्निलाई बाँधेर २५० तोला सुन र नगद लु टेको आरोपमा नेपाली रमेश मुछिए



काठमाडौं।

भारतीय कलाकारको श्रीमतीलाई बाँधेर सम्पत्ति लुटेको आरोपमा एक नेपाली युवाको खोजी भइरहेको छ ।

रमेश नाम गरेका नेपाली नागरिकले ५४ बर्षिय भारतिय कलाकार राधाकृष्णनको श्रीमतीलाई घरमा बांधेर सुन र नगद लुटेको आरोप भारतीय प्रहरीले लगाएको छ । यी कलाकारको घरमा घरेलु कामदारका रुपमा कार्यरत रहेको र उनले नै वाहिरबाट अरु २ जना साथीहरु बोलाई घरमा लुटपाट गरेको आरोप लगाइएको छ ।

राधाकृष्णन घर वाहिर गएको मौका पारेर आफ्ना अरु दुई साथीहरु बोलाई रमेशले राधाकृष्णनकी श्रीमती ४८ बर्षीया राजीलाई बाँधेको बताइएको छ । अहिले रमेशको पूरा नाम र नेपालको ठेगाना भने सार्वजानिक गरिएको छेन् ।

नेपाली नागरिक रमेश र उनको समूहले कलाकारको घरबाट २५० तोला सुनका गहनाहरु ३ लाख नगद लुटेर भागेको बताइएको छ । राजीलाई बाँधी सकेपछि राजीले नै डरले सुन र नगद सबै देखाइदिएको र रमेश र उनको टीमले लुटेर फरार भएको समाचारमा जनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्