नेपाली नै तस्करी गरेकोमा फिनल्याण्डमा नेपाली दम्पत्तिलाई सजाय, जेल सजायका अलावा भारीमात्रामा क्षतिपूर्ति भराउने आदेश



युरोप –

मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ। समाचारअनुसार, डिलारामले ३ बर्ष ८ महिना जेल सजाय पाएका छने भने उनकी पत्नी रिमाले २ बर्ष १० महिना जेल सजाए पाएका छन् ।

रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याई मानवतस्करी गरेको आरोपमा त्यहाको अदालतले सजाए सुनाएको हो । पिर्कान्मा जिल्ला अदालतले जेल सजायका अलावा भारीमात्रामा क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। त्यहा उनीहरुलाई व्पारमा पनि प्रतिबन्ध लगाइएको छ ।

जसमा डिलारामलाई ६ बर्ष कुनै व्यापार गर्न पाउने छैनन् भने उनकी पत्नी रिमालाई ५ बर्ष व्यापारमा प्रतिबन्ध लगाइएको छ।कामदारहरुलाई विहान सबेरैदेखि राति अवेरसम्म जवर्जस्ती काममा लगाउने, उनीहरुलाई सातामा एकदिन पनि विदा नदिने र अन्य कुनै विदा पनि नदिने मात्र होइन उल्टै कामदारबाटै जवर्जस्ती हजारौं युरो रकम आफू र आफन्तका नाममा टान्सफर गर्न लगाएकोमा पनि सापकोटालाई अदालतले दोषी ठहर गरेको छ।श्रम कानूनका कारण देखाउनका लागि तलब दिएको जस्तो गर्ने अनि दिएको तलव आफू र आफन्तका नाममा फेरि जवर्जस्ती फर्काउने काम उनीहरुले गरेका थिए।

अदालतले यो दम्पत्तिलाई ६ जना नेपाली कामदारलाई पीडा दिएकोमा सजाय सुनाइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्