अचानक एक हुल घरभित्र पसेर श्रीमानकै अगाडि श्रीमतीलाई……



काठमाडौं ।

अचानक एक हुल घरभित्र पसेर श्रीमानकै अगाडि श्रीमतीमाथि सामूहिक कर णी गरेका छन् । राजस्थानको जोधपुरबाट यो हृदयविदारक घटना बाहिर आएको हो । यहाँ चोरीको नियतले घरभित्र पसेका चोरहरूले पहिले घरमा भएका सबै महंगा बस्तु तथा नगद लुटपाट गरे । त्यसपछि बाहिरिने क्रममा श्रीमानकै अगाडि श्रीमतीलाई सामूहिक कर णी गरेका थिए ।

घटनापछि दम्पती यति डराए कि एक दिनसम्म आफूलाई कोठामा थुने र एक दिनपछि प्रहरी चौकीमा गएर घटनाको उजुरी दिए । यसपछि प्रहरी त्रसित भयो । अहिले प्रहरीले आरोपीको खोजी गरिरहेको छ । पीडितहरु राजस्थानको सिरोही जिल्लाको रोहिडा थाना क्षेत्रका हुन् ।

अपराधबाट डराएका श्रीमान् श्रीमती घटनाको २४ घण्टापछि प्रहरी चौकी पुगेर घटनाबारे बताए । प्रहरीले मुद्दा दर्ता गरी महिलाको मेडिकल गराएको छ र सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटना सिरोहीको रोहिडा थाना क्षेत्रको हो। रोहिडा प्रहरी चौकी इलाकाका एक व्यक्तिले उजुरी दिएका छन् । पीडितले बुधबार राति आफू र आफ्नी श्रीमतीले मोबाइल हेरिरहेका बेला अचानक एक हुन भित्र पसेको बताएका छन् ।

४ जना लुटेरा चोरको नियतले घरभित्र पसेर छुरी देखाएर ज्यान मार्ने धम्की दिए । लुटेराहरुले घर पूरै खोजे । सो क्रममा खल्तीमा राखिएका केही रुपैयाँ र चाँदीका पाला फेला परेको थियो । चोरहरूले थप पैसा मागेपछि आफूहरुसँग नभएको बताए ।

चोरीका क्रममा धेरै पैसा नआएपछि लुटेराहरुले लुगा फुकालेर नग्न बनाएको पीडित महिलाले बताइन् । लुगा खोज्दा खल्तीमा राखेको १४ सय रुपैयाँ भेटियो । यसपछि सबै बदमाशले उनको अगाडि श्रीमतीलाई कर णी गरेका थिए । उक्त घटनाबाट श्रीमान श्रीमती यति डराए कि एक दिन घरबाट बाहिर निस्केनन् । शुक्रबार दिउँसो दुवै जना साहसका साथ प्रहरी चौकी पुगेर मुद्दा दर्ता गरेका थिए ।

यो घटनाबाट आफू अत्याधिक डराएको भन्दै दिनभर घरमै बसेको पीडितले बताए । शुक्रबार दिउँसो उनीहरु हिम्मत जुटाएर मुद्दा दर्ता गर्न प्रहरी चौकी पुगेका थिए । घटनाको जानकारी पाएपछि एसपी ममता गुप्ता पनि रोहिडा प्रहरी चौकी पुगिन् ।

उनले पीडित दम्पतीसँग घटनाबारे जानकारी लिइन् र निरीक्षण गरिन् । त्यसपछि विवाहित महिलाको सिरोही अस्पतालमा मेडिकल गरिएको थियो । प्रहरीका अनुसार घटनामा ४ जना अभियुक्तको बारेमा जानकारी प्राप्त भएको छ, जसको बारेमा प्रहरीले छिट्टै खुलासा गर्ने छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्