चितवन– १ मा घण्टीको फराकिलो अग्रता…



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चितवन १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै फराकिलो अग्रता बनाएका छन् । ढकालले ५ हजार ९८ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका डा‍. विश्व पौडेलले ३ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । यसअघि २०७० सालमा चुनाव जितेका सुरेन्द्र पाण्डे तेस्रो स्थानमा पुगेका छन् । उनले ३ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।

चासोका साथ हेरिएको चितवन– २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर कम गर्दै लगेका छन् । इच्छाकामना गाउँपालिकाको मतगणना गर्दा शुरूआतमा तेस्रो स्थानमा रहेका रविले कांग्रेसका उमेश श्रेष्ठलाई पछि पारेका छन् ।

एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ४५ मत प्राप्त गर्दा रविले २ हजार ५ सय ४१ र उमेश श्रेष्ठले २ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् ।भरतपुर महानगरपालिकाबाट रविले प्रतिस्पर्धीलाई पछि पार्ने आकलन गरिएको छ ।लोकान्तरलगायत विभिन्न एक्जिट पोलले रविले फराकिलो मतान्तरले चुनाव जित्ने देखाएको थियो ।

त्यसैगरी, काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ ।एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्