विश्व कपमा जापानले जर्मनीलाई हरायो



काठमाण्डौ –

विश्व कप फुटबलमाजापानले उपाधि दाबेदार जर्मनीलाई हराएको छ । खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोल अन्तरले हराएको छ । खेलमा १ गोलले पछि परेको अवस्थामा जापानले पुनरागमन गर्दै २–१ को जित निकालेको हो ।

जापानले दोस्रो हाफमा २ गोल फर्कायो । जापानका लागि खेलको ७५ औँ मिनेटमा रित्सु डोन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गोल गरे । खेलको ३३ औँ मिनेटमा जर्मनीका लागि इल्काए गुन्डोगनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए ।

पहिलो हाफमा जर्मनी १–० ले अघि रहेको थियो ।यो जितसँगै समूह ुईु मा रहेको जापान ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । जर्मनी भने तालिकाको पुछारमा रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्