प्रसुती अस्पतालमा रुसी मिसाइल आक्रमणमा ,नवजात शिशुको मृत्यु, डाक्टर र आमालाई उद्धार गरियो



किभ, ८ मंसिर:बुधबार दक्षिणपूर्वी युक्रेनको भिल्निआन्स्क सहरमा रहेको प्रसुती अस्पतालमा रुसी मिसाइल आक्रमणमा एक नवजात शिशुको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणको समयमा अस्पताल रहेको दुई तले भवनमा नवजात शिशु र एक डाक्टर सहितएक महिला थिए ।

‘डाक्टर र आमालाई उद्धार गरिएको थियो । तर, बच्चाको मृत्यु भयो’, अकस्मिक सेवाले भनेको छ । विस्फोटपछि भग्नावशेष बनेको भवनबाट धुँवाको कालो मुस्लो निस्किएको थियो ।

भत्किएको प्रसुति वार्डको भग्नावशेषमा कम्मरसम्म पुरिएका व्यक्तिलाई उद्दार गर्न खोजेको भिडियो सार्वजनिक भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्