दुखद खबर : रौतहटमा डसना पसलमा भीषण आगलागी, मियाँका ३ छोरीको दुखद निधन, तीन जना गम्भीर घाइते



रौतहट-गौरको एक कपडा पसमा भीषण आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएको प्रहरीले जनाएको छ । गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको हो ।

कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा इस्लाम मियाका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ । घरमा राखिएको कपासमा विद्युत् सर्ट भइ आगो लागेको अनुमान छ। ।नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो पनि ; कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि:अष्ट्रेलियाको सिड्नी सहरको एक प्राथमिक विद्यालयको कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि कम्तीमा ११ विद्यार्थी घाइते भएका छन् । रिपोर्टहरूका अनुसार कम्तिमा दुई विद्यार्थीहरूलाई गम्भीर रूपमा जलेको अवस्थामा अस्पतालमा लगिएको छ । सोडियम बाइकार्बोनेट र मिथाइलेटेड स्पिरिटहरू समावेश गरिएको एक प्रयोग गर्दा हावाको प्रभावित गरेको थियो ।

मेन्ली वेस्ट पब्लिक स्कुलमा भएको सो घटनापछि हेलिकोप्टर, चिकित्सक र अग्नी नियन्त्रक पुगेका थिए । प्रयोग गरिरहेको रसायनलाई हावाले उडाइदिएको बताइएको छ । प्रयोगशालामा कक्षा १० देखि ११ वर्षका विद्यार्थी थिए । उनीहरूको अनुहार, शरिर, छाती , तल्लो पेट र खुट्टा जलेको सिड्नी मर्निङ पोस्टले जनाएको छ । एक जना शिक्षक पनि घाइते भएका छन् ।

घटनाबारे अभिभावकहरूले प्रश्न गर्दा विद्यालयले चीजहरू ‘नियन्त्रणमा’ रहेको जबाफ दिएको प्राप्त विवरणहरूमा जनाइएको छ । एक अभिभावकले यो ‘नियमित विज्ञान प्रयोग’ भएको भन्दै त्यसमा संलग्न शिक्षक ‘धेरै मायालु’ रहेको बताए ।विद्यालयले कक्षाकोठाभिब ‘कार्बन सुगर स्नेक’ भनिने विज्ञान प्रयोग गरिरहेको अस्ट्रेलियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्