दाङ-२ मा शंकर पोखरेललाई पराजित गर्दै मा‌ओवादीकी रेखा शर्मा विजयी



दाङ, ८ मंसिर ।

दाङ क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।

उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् ।  उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्  भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।  जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

रायमाझीलाई भुसालको शुभकामना सन्देश- युवाहरूलाई खाडीमा बेच्ने होइन, देशमै स्वरोजगार बनाऔं – अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टोपबहादुर रायमाझीलाई तेस्रो बनेका हरिप्रसाद भुसालले बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सन्जालबाट शुभकामना दिँदै भुसालले युवा स्वरोगारीलाई ध्यान दिन आग्रह गरेका छन् । भुसालले भनेका छन्. ‘अर्घाखाँचीका जनताको आम्दानीको स्रोत बढाउँदै बलिया पाखुरा भएकाहरुलाई खाडीमा बेच्नेभन्दा पनि जिल्लामै स्वरोजगार बनाउनुछ ।’

जिल्लाको शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय अनि नि:शुल्क बनाएर मात्रै बढ्दो बसाइँसराइ रोक्न सकिने बताउँदै भुसालले सन्धिखर्क गोरुसिंगे सडक स्तरोन्नतिमा ध्यान दिन आग्रह गरेका छन् ।

‘सन्धिखर्क गोरुसिंगे सडक तत्काल स्तरोन्नति गर्नुछ । अस्पताल र विद्यालयको दुरावस्थाका कारण बसाईसराईको सोचमा रहेकाहरुलाई रोक्नुछ ।’ भुसालले भनेका छन्, ‘गाउँमा नै बसेपनि उपचार नपाएर मर्नुपर्दैन भनेर विश्वास आमजिल्लावासीहरुलाई दिलाउनु छ ।’

नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर निर्वाचित हुँदा तेस्रो बनेका राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्